arrow

निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीशमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
supreme-judge-niroula-pandey.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जानकारी दिएको छ ।

यसअघि शुक्रबार निरौला र नित्यानन्द पाण्डेयको नाम अनुमोदन भएको थियो । संसदीय सुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ