arrow

पर्यटकको आकर्षक गन्तव्य

पहाडकी रानी बन्दीपुर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २४ शनिबार
bandipur-81-7-24-(12).jpg

तनहुँ । कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रुपमा विकास भइरहेको छ। 

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । भक्तपुरे शैलीमा बनेका इँट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । 

शान्त बजार, त्यहीँ बजारको बीचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर । थानीमाई, खड्गदेवी । तीनधारेको चिसो पानी । 

एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कंदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनास्लु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुरा ।

मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिम चुचुराबाट आएको हावाको झोँक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ । यिनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय सहर बनेको छ ।

घुम्न आउने घुमन्तेले यो सहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर,ु जुन विश्वभर प्रख्यात छ । 

सिजन शुरु हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। जाडो मौसम शुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। 

बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिकस्थलको बारेमा जानकारी दिने गरिएको छ। बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् । 

bandipur-81-7-24 (1).jpg
bandipur-81-7-24 (2).jpg
bandipur-81-7-24 (3).jpg
bandipur-81-7-24 (4).jpg
bandipur-81-7-24 (5).jpg
bandipur-81-7-24 (6).jpg
bandipur-81-7-24 (7).jpg
bandipur-81-7-24 (8).jpg
bandipur-81-7-24 (9).jpg
bandipur-81-7-24 (10).jpg
bandipur-81-7-24 (11).jpg


नयाँ