- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरेको छ । पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिएसँगै रास्वपाले प्रदर्शन गरेको हो ।
उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् । रास्वपाले शनिबार दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो ।
करिब १०ः३० बजे लामिछानेसहित पूर्वडीआइजी छविराज जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लएिको थियो । साथै मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पनि आज अदालत उपस्थित गराइएको छ ।
लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ ३ गते बिहान पोखरा ल्याएको थियो । लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो ।
उनलाई केही दिनमा रुपन्देही लैजाने तयारी पनि छ । उनलाई आज अदालतले रिहा गरे तत्कालै पक्राउ गरी रुपन्देही पठाइने तथा म्याद थप गरिए केही दिनमा रुपन्देही पठाइने तयारी छ ।