arrow

चिचिला भिरमा युवकको शव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
sankhuwasabha.png

संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ ।

चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो ।

चिचिला-३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको बताए ।

उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए । शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला-३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ