arrow

कृषि फर्मका संचालक तीन सय किलो गाँजासहित पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
mani-rai-gaja-307kg.jpg

सुनसरी । धरान उपमहानगरपालिका १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट अवैध लागुऔषध गाँजा करिब ३ सय ७ किलोग्रामसहित कृषि फर्म संचालक धरान उपमहानगरपालिका १३ बस्ने ४४ वर्षीय मनिराज राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ