- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ पोखराबाट सात जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १६ दीपस्थित गौमाया गुरुङको घरबाट जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
उनीहरुको साथबाट एक लाख १२ हजार ९० रुपैयाँ बरामद भएको डीएसपी शर्माले जानकारी दिए ।
पक्राउ पर्नेमा पोखरा-१६ दीपका ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीया गौमाया गुरुङ, ३८ वर्षकी जुनिता भट्टचन, पोखरा-८ सिमलचौरका ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षकी रुपा गुरुङ, पोखरा-१३ पाटनबेशीका ४० वर्षीय हेमराज गुरुङ र पोखरा-२७ अर्घौँचोकका ४६ वर्षीय बुद्धिबहादुर गुरुङ छन् ।
पक्राउ परेकाविरुद्ध सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताबिरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुनेसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।