arrow

साढे छ लाख रुपैयाँसँगै १३ जुवाडे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २८ बुधबार
juwade-arrest-final.jpg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिका वडा नं २ हलेदीबाट १३ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

मंगलबार राति ११ः५० बजे हलेदीस्थित मानबहादुरको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी अशोक थापाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी थापाले जानकारी दिए । उनीहरुको साथबाट छ लाख ४३ हजार एक सय ९० रुपैयाँ बरामद भएको छ ।

पक्राउ पर्नेमा हलेदीका ६९ वर्षीय यामबहादुर शाही भन्ने यामबहादुर आले, ६३ वर्षीय भीमबहादुर थापा, ३५ वर्षीय प्रकाश जुवार्चन, ३८ वर्षीय रेमण राना, ३५ वर्षीय दिलकृष्ण आले, ३० वर्षीय विकास श्रेष्ठ, ५४ वर्षीय किसान आले, ३४ वर्षीय सुदिप परियार, ३१ वर्षीय विनोद थापा, ४२ वर्षीय मोहन मगर, ३९ वर्षीय टिकाराम रिमाल, ४१ वर्षीय दिलिप गुरुङ र वर्ष ५० वर्षीय मानबहादुर घले छन् ।

पक्राउ परेकाहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ