arrow

प्रचुर पर्यटकीय सम्भावना बोकेको जलजला [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १ शनिबार
jaljala-tourism-81-8-1-(19).jpg

म्याग्दी । ठूलो जंगलको बिचमा घाँसेमैदान । आँखै अगाडि पुथा, गुर्जा, मानापाथी, धवालागिरीलगायत दर्जन भन्दा बढी हिम शृङ्खला । विभिन्न जंगली फूलहरुले भरिएको मैदान ।  

यो ठाउँ हो, गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–२ मा रहेको जलजला क्षेत्र । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइँमा परेको छ । 

द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्ने जलजला म्याग्दी जिल्लामा पर्छ । गुरिल्ला पदमार्ग म्याग्दीबाट सुरु भएर जलजला हुँदै बाग्लुङको ढोरपाटन, रुकुमको भूभाग छिचोल्दै रोल्पामा गएर टुंगिन्छ । 

जलजला समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको छ । 

जलजलाबाट बिहानै सुर्योदयको मजा लिँदै आखै अगाडी सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 

जलजलाम बर्खामा गोठ राख्न म्याग्दी, बागलुङबाट गोठालोहरु । चराउन आउने गर्दछ्न् । अरु समयमा म्याग्दी धवालागिरी लुलाङका फुलमान विकले आफ्नो गोठ राख्ने गर्छन् ।

विगत लामो समयदेखि ट्रेकिङ्ग गाइड गरिसकेका फुलमान गाइडको पेशा छोडेर आफ्नो ठाउँमा पर्यटकहरुलाई सुविधा दिन गोठमा बस्दै आएका छ्न् । जलजलामा अहिले उनको मात्र एउटा गोठ सञ्चालन छ । 

आएका पर्यटकलाई पानी चियाले स्वागत गर्छन् फुलमान । यसरी आफ्नो ठाउँमा आएको पर्यटकलाई पाहुना सरी ठानेर सेवा गर्दा निकै सन्तुष्ट महसुस गर्ने फुलमान बताउँछन् । ‘जलजला लुकेको छ यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ, ’ उनले भने, ‘जलजला आउने पर्यटकलाई यहा बस्न कुनै असुविधा छैन र आएर कुनै पश्चात्ताप नहुने वातावरण छ ।’

लुलाङका विकले विगत ६ वर्षदेखि जलजलामा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन् । जलजलासम्म पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ । 

पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजलासम्म ५ देखि ६ घण्टा लाग्छ । बेनीबाट धवलागिरी गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ । 

त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ । 

jaljala-tourism-81-8-1 (1).jpg
jaljala-tourism-81-8-1 (2).jpg
jaljala-tourism-81-8-1 (3).jpg
jaljala-tourism-81-8-1 (4).jpg
jaljala-tourism-81-8-1 (5).jpg
jaljala-tourism-81-8-1 (6).jpg
jaljala-tourism-81-8-1 (7).jpg
jaljala-tourism-81-8-1 (8).jpg
jaljala-tourism-81-8-1 (9).jpg
jaljala-tourism-81-8-1 (10).jpg
jaljala-tourism-81-8-1 (11).jpg
jaljala-tourism-81-8-1 (12).jpg
jaljala-tourism-81-8-1 (13).jpg
jaljala-tourism-81-8-1 (14).jpg
jaljala-tourism-81-8-1 (15).jpg
jaljala-tourism-81-8-1 (16).jpg
jaljala-tourism-81-8-1 (17).jpg
jaljala-tourism-81-8-1 (18).jpg


नयाँ