लक्ष्मी सनराइज बैङ्कले दिगोपनलाई अगाडि बढाउँदै गर्यो नवौँ आमन्त्रण गल्फ प्रतियोगिता
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २ आइतबार
684
Shares
काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौँको गोकर्ण रिसोर्टमा शनिवार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ। ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा रही गरिएको उक्त प्रतियोगिताले बैङ्कको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ।
प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो। यद्यपि बैङ्कले कुल १००० वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ। साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १-१ बिरुवा पनि प्रदान गरिएको थियो।
एक दिने सो कार्यक्रममा १०७ गल्फरहरूको सहभागिता रहेको थियो जसमा ८ महिला प्रतियोगीहरू थिए। सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको हाइलाईट
विजेता: आत्माराम सिम्खडा (४३ अङ्क)
उपविजेता: आशिष लाल श्रेष्ठ (४२ अङ्क)
उत्कृष्ट ग्रस: टाशी छिरिङ (३८ अङ्क)
वरिष्ठ श्रेणी विजेता: तुलसी भट्ट (४० अङ्क)
महिला विजेता: तारा कार्की चित्रकार (३५ अङ्क)
महिला उपविजेता: सुमित्रा खड्का (३० अङ्क)
सबैभन्दा लामो ड्राइभ: नोर्बु छिरिङ शेर्पा
पिनको नजिक: अनिल कुमार सिन्हा
विजेताहरूलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतालाई थप जोड दिएका थिए।
यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ। कार्बन फुटप्रिन्ट न्यूनीकरण र पर्यावरण-मैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैङ्कले आफ्नो गतिविधिहरूलाई #ओरेन्जलव्सग्रीन
अभियानसँग एकीकृत गरिरहेको छ र हरित बैङ्किङमा आफूलाई अग्रणी रूपमा स्थापित गर्दै आएको छ।
लक्ष्मी सनराइज बैङ्कले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरूले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको बैङ्कले जनाएको छ।