- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतको कर्नाटकाको यू–१९ टिमले नेपाली यू–१९ राष्ट्रिय पुरुष क्रिकेट टिमलाई पराजित गर्दै श्रृंखला बराबरी गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा आज कर्नाटकाले नेपाललाई ५ विकेटले पराजित गर्दै श्रृंखलामा २–२ को बराबरी गरेको हो ।
नेपालले दिएको १०६ रनको लक्ष्य पछ्याएको कर्नाटकाले ३७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३५.२ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।
यस श्रृंखलामा पहिलो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।
योसँगै ५ खेलको श्रृंखलामा नेपाल २–२ ले बराबरी भएको छ । अब श्रृंखलाको पाँचौं तथा अन्तिम खेल बिहीबार हुने छ ।
नेपालले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू–१९ एसिया कपको तयारीको रुपमा यो श्रृंखला खेलिरहेको छ ।
एसिया कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।