arrow

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
ncell-resource-exchange-2081.jpg

काठमाडौँ। एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन्। यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैँ अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्छन्।

सधैँ अनमा ग्राहकहरूले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन्। सेवा प्रयोग गर्दा डेटा सकियो तर भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन्। त्यसै गरी बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तर गर्न सकिन्छ।

यो सुविधा सधैँ अनका रु ३९९, रु ४९९ र रु ५९९ का प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन्।

उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन्। त्यसै गरी उदाहरणका ग्राहकले लागि १ जीवी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तर गर्न सक्छन्। आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशत सम्मको सेवा आफूलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको छ।

एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन। एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीवी डेटा पनि निःशुल्क प्राप्त गर्दछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ