arrow

नेपाल एसिया कपका लागि तयार, कर्नाटका विरुद्धको श्रृंखला जित्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
u19-men-nep-karnataka.jpg

काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू–१९ टिमविरुद्धको श्रृंखला ३–२ ले जितेको छ ।

बिहीबार टीयू क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले पराजित गर्दै श्रृंखला ३–२ ले जितेको हो । कर्नाटकाले दिएको १९१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस श्रृंखलामा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।

अब नेपाली यू–१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू–१९ एसिया कप खेल्दै छ । एसिया कपमा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ