- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको लेकसाइडमा बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाउने तीन जना युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाकाे पालुङ्टार नगरपालिका वडा नं ४ घर भई हाल पोखरा-६ लेकसाइडस्थित होटल स्नोल्याण्डमा डेरा गरी बस्ने १९ वर्षकी ममता तामाङ, मकवानपुरकाे बाग्मती गाउँपालिका वडा नं ८ घर भई हाल काठमाडाैँकाे बुढानीलकण्ठ-७ कपन बस्ने २३ वर्षकी रीना तामाङ र नवलपुरकाे मध्यबिन्धु नगरपालिका-१० स्थायी घर भई हाल पोखरा-६ लेकसाईड बस्ने १९ वर्षकी जस्मिन ठकुरी छन् ।
बिहीबार राति १० बजे पोखराको लेकसाइडस्थित होटल स्नोल्याण्डको भिसा युथ होटलको कोठाहरुमा राखेर चार बालिकाहरुलाई जबरजस्ती यौनकार्यमा लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले बालिकाहरुको उद्दार गरेको थियो ।
प्रहरीका अनुसार बालिकाहरुले ललाईफकाई राम्रो होटलमा काम लगाईदिन्छु, मासिक तलब राम्रो हुन्छ, खाना बस्नका राम्रो सुविधा छ भन्ने विश्वासमा पारी कोठा बाहिरसमेत निस्किन नदिई परपुरुष व्यक्तिसँग शारीरिक सम्पर्क गर्न बाध्य तुल्याइएको बताएका थिए ।
त्यसपछि यौन कार्यक्रमा लगाउने ममता, रीना र जस्मिलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
पक्राउ परेका तीन जनाबिरुद्ध मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी मुद्दामा अदालतबाट पाँच दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।