-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सभामुख देवराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।
अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाइएको छ । गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए ।