- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा संचालन भएको प्रथम विद्यालय स्तरीय यू-१३ फुटबल प्रतियोगिताको उपाधि कैलाश बोधी आवासीय विद्यालयले उचालेको छ ।
आइतबार सिमकोट खेल मैदानमा भएको विद्यालयस्तरीय यू-१३ फुटबल प्रतियोगिताको फाइनल खेलमा उक्त विद्यालय विजेता भएको हो ।
यू-१३ को फाइनलमा कैलाश धोबी र बालमन्दिर मावि बिच भएको फाईनल खेलमा दुबै टिमको एक, एक गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटमा गएको थियो।
पहिले चरणमा पाँच पाँच जनाले पेनाल्टी हान्दा बराबरी गोल गरे पछि खेल अझै रोचक भएर फुटबलको नियम अनुसार खेल सडेज गेजमा गएको थियो । जसमा कैलाश बोधी गोल हाल्न सफल भएको थियो भने बालमन्दिर चुकेको थियो ।
यसरी कैलाश बोधीले ५ का बिरुद्ध ६ गोल हनेर प्रथम यू-१३ फुटबल प्रतियोगिताको विजेता भएको हो ।
विजेता टिमलाई कप, रु १० हजार १ सय ११ नगद सहित खेलाडीलाई मेडल र अन्य उम्तृष्ट खृलाडीलाई कप प्रदान गरिएको थियो ।
यी पुरस्कार तथा कपहरु जिल्ला समन्वय समितिकी सदस्य सरिता रावतले प्रदान गरेकी थिइन् । गत बिहीबारबाट शुरु भएको प्रतियोगितामा जिल्लाभर वार्षिक परीक्षाको चटारो भइरहेकाले सदरमुकाम भित्रका ४ वटा विद्यालय भिमसेन आधारभूत विद्यालय, बालमन्दिर मा.वि., कैलाश बोधी आवासीय विद्यालय, हिमाली मोडल बोर्डिङ स्कुलले सहभागिता जनाएको हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए ।
लिटिल एन्जल्स स्वर्गीय भुपेन्द्र रावतको स्मृतिमा उक्त प्रतियोगिता हुम्ला फुटवल एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा अब वर्षेनी सञ्चालन गरिने एकेडेमीका अध्यक्ष रावतले बताए ।