- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सशुल्क सञ्चालनमा आएपछि धरहराले पहिलो दिन १ लाख २० हजार भन्दा बढी रुपैयाँ संकलन गरेको छ । धरहरा ब्यवस्थापन समितिका अनुसार धरहरा चढन शुल्क लगाएको पहिलो दिन १ लाख २० हजार ६५० रूपैयाँ राजश्व संकलन भएको हो ।
यसअघि निःशुल्क चढने ब्यवस्था गरे पनि आइतबारबाट शुल्क लगाउन शुरू गरिएको थियो । जसअनुसार आइतबार पहिलो दिन ६६३ जनाले चढेका थिए ।
धरहरा चढ्नका लागि प्रत्येक नेपालीलाई दुई सय, सार्क राष्ट्रका पर्यटकलाई पाँच सय र सार्क राष्ट्रबाहेकका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लगाउन शुरू गरिएको छ ।
साथै विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउँछन् ।
धरहरा गत असोज ३ को संविधान दिवसको दिनबाट सर्वसाधारणका लागि खुला गरिएको थियो । गत शनिबारसम्म धरहरा चढ्न पैसा नलागे पनि हिजोबाट भने पैसा तिरेर मात्रै धरहरा चढ्ने नियम बनाइएको हो ।
नपालीले बढी पैसा तिर्न परेपछि गुनासो बढेको छ । धरहराकै लागि दुई सय रुपैयाँ तिर्नु पर्ने गुनासो बढे पनि यसको सम्बोधन गर्नेतर्फ भने चासो देखिएको छैन ।