- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । कास्की प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।
उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।