जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग, आरामदायी मौसमका लागि आधुनिक समाधान
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
443
Shares
काठमाडौँ। एक सय १४ वर्षको लामो इतिहास बोकेको विश्वविख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरूप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ।
जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओएफआर हिटर, पिटिसि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटिजि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ।
अन्तर्राष्ट्रिय प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरू आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरूको प्रयोगले उपभोक्ताहरूको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ। ब्लाक्क एण्ड डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।
ब्लाक्क एण्ड डेक्करका हरेक उत्पादनहरूमा २४ महिनाको वारेन्टी रहेको छ। नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ।