नेपालमा क्रम्प्टनका जाडोयाम उत्पादन: सहज र न्यानो जीवनका लागि नयाँ विकल्प
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १२ बुधबार
569
Shares
काठमाडौँ। नेपाली उपभोक्ताहरूका लागि सिजी इलेक्ट्रोनिक्सले जाडोयामका लागि उपयुक्त क्रम्प्टनका आधुनिक उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराएको छ। रूम हिटर, गिजर, र वाटर हिटर लगायतका यी उत्पादनहरूले जाडो मौसमलाई सहज र आरामदायक बनाउनका लागि विशेष प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ।
क्रम्प्टनका रूम हिटरहरूले कोठालाई छिटो न्यानो बनाउने विशेषता राख्छन्। उपलब्ध मोडेलहरूमा इन्स्टा कोजी १२००वाट, इन्स्टा काम्फी ८०० वाट, इन्स्टा कम्फर्ट २००० वाट, र इन्स्टा एयरहट २००० वाट रहेका छन्। आधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण यी हिटरहरूले जाडोयाममा उपभोक्ताको दैनिकीलाई सहज बनाउने लक्ष्य राखेका छन्।
क्रम्प्टनले विभिन्न क्षमताका गिजर र वाटर हिटर उपलब्ध गराएको छ। विशेषताहरूमा समावेश छन्:
सोलारियम क्युब आईओटी (२५ लिटर): गुगल असिस्टेन्ट र एलेक्सा असिस्टेन्ट जस्ता स्मार्ट फिचरसहित।
सोलारियम इभो (१५ र २५ लिटर): उन्नत प्रविधि र आधुनिक डिजाइन।
अर्नो नियो (१०, १५, २५ र ५० लिटर): बहु उपयोगी र ऊर्जा-कुशल।
र्यापिड जेट (१, ३, ५ लिटर): साना र छिटो तातो पानीको आवश्यकताका लागि।
इमर्सन रड (१५०० वाट र १००० वाट): तत्काल तातो पानी उपलब्ध गराउन सजिलो।
क्रम्प्टनका उत्पादनहरू ऊर्जा खपत कम गर्ने प्रविधिमा निर्माण गरिएका छन्। स्टाइलिस डिजाइन र उच्च गुणस्तरका कारण यी उत्पादनहरूले घरको सजावटसँग मेल खाने मात्र होइन, भरपर्दो सुरक्षा पनि प्रदान गर्छन्।
क्रम्प्टनका यी उत्पादनहरू सिजी डिजिटलका शोरूमहरू, आधिकारिक डिलरहरू, र cgdigital.com.np मा उपलब्ध छन्। सिजी इलेक्ट्रोनिक्सले जाडोयाममा रूम हिटर र गिजरको माग अत्यधिक रहेको बताउँदै, यी उत्पादनहरूले कठोर जाडोलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।