arrow

हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
israel-palestine-lebanon-co.jpg

काठमाडौँ । लेबनानमा सक्रिय हिजबुल्लाह समूहले दुई महिनाअघि इजरेली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी भइरहेको बताएको छ ।

हिजबुल्लाहको राजनीतिक परिषद्का उपनेता महमुद कोमाटीले इजरेली आक्रमणमा मारिएका पूर्व प्रमुख हसन नसरल्लाहको औपचारिक अन्त्येष्टिको तयारी भइरहेको बताएका हुन् । 

हिजबुल्लाहले नसरल्लाहको मृत्युपछिको प्रतिकुल परिस्थितिका कारण भन्दै ‘अन्त्येष्टिको कार्यक्रम’ स्थगित गरेको थियो ।

बेरुतको दक्षिणी उपनगरमा आयोजित पत्रकार सम्मेलनमा कोमाटीले भने, “हामी नसरल्लाहको अन्त्येष्टिका लागि तयारी गरिरहेका छौं।

लेबनान र इजरेलबीच युद्धविरामको घोषणा भएकै दिन हिजबुल्लाह समूहले आफ्ना नेताको अन्त्येष्टिको तयारी भइरहेको जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ