देश अहिलेसम्म नबन्नुको कारण हामीले ठीक नेतृत्व पाएनौँ - राजेन्द्र लिङ्देन [भिडियो]
कांग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १३ बिहिबार
554
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गरे ।
उनले राजनीतिक दलका मानिसहरूलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे । उनले सरकारी निकायहरूमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउनु भयो । सर्वोच्च अदालतमा कांग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरे ।
उनले भने, ‘देश अहिलेसम्म बन्न नसक्नुको कारण हामीले ठिक नेतृत्व पाएनौँ । यिनीहरूले ल्याएको व्यवस्था ठिक भएन । आज हेर्नुस् त मान्छे तिनै छन् । न्यायाधीश उनीहरूले नियुक्ति गर्ने, कांग्रेस, एमाले, माओवादी भाग लगाएर न्यायाधीश नियुक्ति गर्दछन् । भ्रष्टाचार गर्यो भने कारबाही गर्ने निकाय अख्तियारमा कांग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरेका छन् । संवैधानिक अङ्गहरूमा चाहे त्यो मानव अधिकार आयोग होस्, अरू कुनै पनि आयोग हुन्, तिनीहरूमा दलको भागबन्डाबाट नियुक्ति हुन्छ । सल्लाहबाट नियुक्ति हुन्छ । सर्वोच्चमा अहिले न्यायाधीशको पद खालि भएको छ । कांग्रेस, एमाले र माओवादीको बीचमा सल्लाह मिल्न सकेको छैन । उनीहरू दलाली गरिरहेका छन् । त्यहाँ न्यायाधीश होइन, कांग्रेस, एमाले र माओवादीको मान्छे त्यहाँ लगेर राख्छन् । कसरी न्याय हुन्छ देशमा । नेता पनि ठिक छैन, यिनीहरूले ल्याएको व्यवस्था पनि ठिक छैन । नेतृत्व पनि र यो व्यवस्था पनि हामीले परिवर्तन गर्नुपर्नेछ ।’