arrow

बीआरआई कुनै विवाद गर्नुपर्ने विषय नै होइन - झलनाथ खनाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १५ शनिबार
jhalnath-khanal-08-15.jpg

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विवाद गर्नुपर्ने विषय नभएको बताएका छन् । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन भ्रमणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  उनले नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरू गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । 

चीनबाट नेपालले ऋण लिनु नै नहुने भन्ने कुरा नहुने बताए । उनले चीनले ऋण मात्रै दिनुपर्छ भन्नेहरूले चीनबाट अनुदान लिएर बनाइएका उद्योगधन्दाहरू कौडीको मूल्यमा बेचेको आरोप लगाए । उनले चीनबाट लिने ऋण वा अनुदान लिँदा राष्ट्रिय हितलाई सर्वोपरि राख्नुपर्ने बताए । अमेरिकाबाट लिइएको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना दुई वर्षमा १० अर्ब बढी ऋण नेपालले हाल्नुपरेको भन्दै नेपालका लागि एमसीसी ऋण भन्दा पनि ठूलो भएको बताए । एमसीसी राष्ट्रका लागि बोझ भएको बताए ।

उनले भने, ‘नेपाल र चीनका बीचमा बहुआयामिक क्षेत्रमा हाम्रा विकास र निर्माणका अनेकन सहयोगहरू गर्नुपर्ने आवश्यकता छ । बढाउनुपर्ने आवश्यकताहरू छन् । ती कुराहरूमा केही न केही महत्त्वपूर्ण सम्झौताहरू यस पटक पनि होलान् । तर त्यसमध्ये बीआरआई जो बेल्ट एण्ड रोड इनिसिएटिभको रूपमा चीने अगाडि सारेको छ । यो बारेमा हाम्रो देशमा निकै समयदेखि एउटा विवाद जस्तो पनि भइरहेको छ । बीआरआई त्यो कुनै विवाद गर्नुपर्ने विषय नै होइन । बेल्ट एण्ड रोड संसारमा जति वटा बेल्टहरू छन्, त्यसमा रोडहरू पनि बनाऔँ भन्ने चीनको धारणा हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ