arrow

यू-१९ एसिया कप क्रिकेट

बङ्गलादेशविरुद्ध नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
u-19-nepal.jpg

काठमाडौँ । संयूक्त अरब इमरेट्स (यूएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यू-१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ ।
 
यूएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङमा छन् भने नेपालले ब्याटिङ गर्नेछ । 

एसिया कपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । बङ्गलादेशलाई हराउँदै नेपाल पहिलो जितको खोजीमा छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बङ्गलादेश प्रतियोगिताको दोस्रो जितको खोजीमा छ ।

नेपाल, यूएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष तीनमा रहेर छनोट भएका हुन् । गत वर्षको अक्टोबरमा भएको उक्त प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन् । भारत, पाकिस्तान, जापान र यूएई समूह ‘ए’मा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ