arrow

देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी

हामीलाई अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट छैन- राजेन्द्र लिङ्देन[भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १६ आइतबार
rajendra-lingden-08-14.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिन सक्ने बताएका छन् । उनले राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आएको बताए । उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए । 

उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे । उनले नेपाली कांग्रेस-नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरू खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए । सरकारका प्रधानमन्त्री र मन्त्रीहरू चाहेको ठाउँमा जान सक्ने स्थिति नरहेको बताए । कांग्रेस-नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरूकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रूपमा चिनेको बताए । 

उनले भने, ‘हामीले आफ्नो क्रियाशीलता बढाउनुपर्ने समय आयो । हेर्नुस्, हामीले अब पर्खिने, हेर्ने र हेरौँ न भन्ने छुट हामीलाई छैन । अब यो मुलुकको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नुपर्छ । प¥यो भने बीचमै, भएन भने पनि ०८४ भन्दा त उता हामी जानै हुँदैन । ०८४ मा त राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गर्ने हो गर्ने हो । आज कांग्रेस, एमाले मिलेर बनेको सरकारको नेताहरू जनताको बीचमा जान सकिरहेका छैनन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा त प्रधानमन्त्री जहाँ गयो जनताले त्यहीँ मुर्दावाद भनिरहेका छन् । अब प्रधानमन्त्री, मन्त्रीहरूले आफूले चाहेको बेलामा, चाहेको ठाउँमा जान सक्ने परिस्थिति बनेको छैन भने देशले के खोजिरहेको छ, त्यो स्पष्ट छ । कांग्रेस, एमाले, माओवादी यो तहको अलोकप्रिय भए र यिनीहरूको क्रियाकलापबाट जनता पूर्ण रूपमा परिचित भए भने अब आउने दिनमा ०८४ को चुनावमा राप्रपा पहिलो पार्टी नभएर कुन चाहिँ पार्टी पहिलो हुन्छ त ल भन्नुस् त ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ