arrow

हेटौँडा-१२ 

गत निर्वाचनमा ३१ मतले हारेका कांग्रेसका तिवारी पाँच सय बढी मतान्तरले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
nepali-congress-flag.jpg

काठमाडौँ । गत निर्वाचनमा ३१ मतले हारेका नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी पाँच सय बढी मतले विजयी भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी भएका हुन् । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले जानकारी दिएका छन् ।

तिवारीका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रबिकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे । दुवैबीच २०३को मतान्तर रहेको छ । विसं २०७९ को निर्वाचनमा तिवारी माओवादी केन्द्रका ललितबहादुर घलानसँग ३१ मतले पराजित भएका थिए । 

साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजेश नगरकोटीले एक हजार तीन सय ९८, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमबहादुर भोलनले एक सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका आशा विर बलले ८३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बलराम बलले ७३ र मङ्गोल नेशनल अर्गनाइजेसनका दीपा लामाले ३२ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ