arrow

कडा धुमपान विरोधी नियमहरू लागू गर्ने तयारीमा ईयू 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
european-union-eu.jpg

काठमाडौँ । युरोपेली सङ्घ (ईयू)का  देशहरूले खेल मैदान र क्याफे लगायत धेरै बाहिरी क्षेत्रहरूमा धुमपानको प्रतिबन्धलाई समर्थन गर्दै  कडा धुमपान विरोधी नियमहरू लागू गर्ने तयारी गरेका छन् ।

सदस्य राष्ट्रहरूले धुवाँ र वाष्प नियन्त्रण गर्न ब्रसेल्समा ब्लकको २७ राष्ट्रका स्वास्थ्य मन्त्रीहरूको बैठकमा उक्त प्रस्ताव पेश गरिनेछ । 

कूटनीतिक स्रोतहरूका अनुसार यस मुद्दामा राजनीतिक मतभेद भए पनि अनुमोदन हुने सम्भावना बलियो छ । यसले सरकारले भविष्यमा धुमपानका कारण हुने मृत्यु र रोगलाई कम गर्न खोज्ने नीतिहरूलाई सङ्केत गर्छ ।

सेप्टेम्बरमा युरोपेली आयोगको प्रारम्भिक प्रस्ताव पछिको मस्यौदाले ईयूका देशहरूलाई चुरोटमा प्रतिबन्ध विस्तार गर्न आह्वान गरेको छ । उक्त कानुन अन्र्तगत स्विमिङ्ग पूल, समुद्र तट, चिडियाखाना, रूफटप बार र रेस्टुरेन्ट टेरेसहरू लगायत स्थानहरूमा सबै धुम्रपान प्रतिबन्धित हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ