एनपीएलमा आज दुई खेल : चितवन ब्याटिङमा, कर्णाली बलिङमा
दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
438
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई वटा खेल हुँदै छन् । आज कर्णाली याक्ससँग चितवन राइनोज र लुम्बिनी लायन्ससँग पोखरा एभेन्जर्सको खेल हुदैछ ।
कर्णाली याक्स र चितवन राइनोजको खेल जारी छ । खेलमा चितवन ब्याटिङमा र कर्णाली बलिङमा रहको छ । ४ ओभरको खेलमा चितवन राइनोजले २ विकेटको क्षतिमा १९ रन बनाएको छ ।
चितवन राइनोज दुवै खेल जित्दै अङ्कतालिकाको तेस्रो स्थानमा छ भने कर्णाली याक्स दुई वटै खेलमा पराजय व्यहोर्दै सातौँ स्थानमा रहेको छ ।
त्यस्तै आज नै दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ । पोखरा दुवै खेल हार्दै अङ्क तालिकाको अन्तिममा छ भने लुम्बिनी लायन्स एकमा एक हार व्यहोर्दै छैटौँ स्थानमा छ ।