छोरीसहित नेपाल आएका क्रिकेटका लिजेण्ड ब्रयान लारा के भन्छन् ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २८ शुक्रबार
595
Shares
काठमाडौँ । विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रयान लारालाई नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्व कप्तान विनोद दासले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।
जारी नेपाल प्रिमियर लिगमा कमेनट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको निम्तोमा नेपाल आएका हुन् । नेपाल आउँदा खुशी लागेको लाराले बताए । ब्रयान लाराका नाममा अनगिन्ती रेकर्ड रहेका छन् ।
जसमा टेष्ट क्रिकेटमा एक इनिङसमा इङ्गल्याण्ड विरुद्ध सन् २००४ मा हानेको अविजित ४०० रन अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । यो रेकर्ड अरूले तोडेको हेर्न चाहेको लाराले बताए ।