मेरो सबैभन्दा ठूलो गल्ती तिमीलाई
माया गर्नु रहेछ !
मैले हाम्रो सम्बन्धलाई
जीवित राख्नको लागि
धेरै नै प्रयत्न गरेँ
तर सकिन
म हारेँ ।
कुनै दिन तिमीसँग कुरा नहुँदा
आफूलाई एक्लै भएको अनुभूति गर्थेँ
मेरो मस्तिष्कभर
केवल तिमी मात्रै सल्बलाइरहन्थौ
तिमी मेरो लागि निकै खास थियौ
एकदिन
मैले महसुस गरेँ
कि तिमी अब
पहिला जस्तो रहेनछौँ !
तिमी हद भन्दा ज्यादा
परिवर्तन भैसकेछौ
जुन अलि ढिलै चाल पाए मैले
सबै देखावटी रहेछ
माया अनि विश्वास सबै देखावटी
तिम्रो इच्छा विपरीत मैले
तिमीलाई रोकेर राख्न पनि त सकिन
भन्न त तिमीले केही भनेका थिएनौ
तर
मप्रति गरिने तिम्रो त्यो व्यवहारले
सबैकुरा देखाउँदै गयो
हुन त जिन्दगी तिम्रो हो
तिमीले उड्न चाह्यौ
सुगा जस्तो पिँजडामा
कैद गरेर राख्ने मेरो कुनै औकात थिएन
अनि तिमी उड्यौ
सधैका लागि
दिलको पिँजडालाई रित्याएर
हेर्दा हेर्दै विलिन भयौ
केही बोल्नै सकिन म
आँखाहरु त्यसै रसाए
सायद
तिमी पनि त यही चाहन्थौ होला हैन ?
तिमीले चाहे भन्दा ज्यादा आजादी दिएँ
हेर त आज म दुःखी छु
मेरो यो अवस्था देखेर
अब त खुशी भयौ नि ?