arrow

२७ वर्षपछि विमान पुग्यो टिकापुर विमानस्थलमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
biman-kailali.jpg

काठमाडौँ । कैलालीको टिकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आइतबारबाट सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनमा आएको हो । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ५ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो पौने २ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई उडान शुरू भएको छ । 

पहिलो उडानमार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलगायतलाई टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा, उद्योग वाणिज्य सङ्घ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईँलगायतले स्वागत गरेका थिए । 

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै टिकापुर नगरपालिकाका प्रमुख प्रमुख थारुले टिकापुरको विमानस्थल ओझेलमा परेको र ओझेलमा परेको विमानस्थल जसरी पनि चलाउनुपर्ने भनेर आफू लागिपरेको बताए । उनले फलतः अहिले विमानस्थल सञ्चालनमा आएको र टिकापुरकै सम्पत्ति भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ