arrow

यू–१९ क्रिकेटमा नेपालले हङकङलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १ सोमबार
nep-hk-u19-male-24-12-16.jpg

काठमाडौँ । यू–१९ क्रिकेटमा नेपालले हङकङलाई हराएको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको हो । 

११४ रनको झिनो चुनौती नेपालले २६.४ ओभरमै ७ विकेटको क्षतिमा पूरा गरेको हो । चिबरिन श्रेष्ठले सर्वाधिक २३ रन बनाएको इनिङ्समा नेपालले २० रन अतिरिक्त पाएको थियो । 

हङकङका डानियल म्यापले ४ विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४१.१ ओभरमा अलआउट हुँदै ११३ रन बनायो । अब्दुल सामदले ९८ बलमा अविजित ५० रन बनाएका थिए । 

नेपालका लागि सन्तोष यादवले ८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै दयानन्द मण्डलले २ तथा अभिषेक तिवारी, चिबरिन श्रेष्ठ र अपराजित पौडेलले १ विकेट लिएका थिए । 

हङकङले नेपाल भ्रमण गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ