arrow

नेपाल प्रिमियर लिग

इलिमिनेटरमा चितवनले जित्यो टस, कर्णाली ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
karnali-chitwan-npl.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट अन्तर्गत इलिमिनेटरको खेलमा चितवन राइनोजले टस जितेको छ। टस जितेर  चितवनले फिल्डिङ रोजेको छ।

टस हारेको कर्णाली याक्स भने ब्याटिङमा उत्रिएको छ । तेस्रो र चौथो स्थानमा रहेका दुई टिम चितवन राइनोज र कर्णाली याक्स इलिमिनेटरमा खेलेका हुन् । इलिमिनेटरमा जित्ने टिमले दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिने छ । 
 
खेलका लागि कर्णालीले एक परिवर्तन गरेको छ। बाबर हायतको स्थानमा भारतका जयकिशन कोल्सवालाले खेल्ने छन्। 

यस्तै चितवनले दीपक बोहराको स्थानमा शरद भेषवाकार र बसिल हमिदको स्थानमा लुक बेन्केस्टाइनलाई खेलाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ