arrow

आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ३ बुधबार
ravichandran-aswin.jpg
तस्बिर – गेट्टि इमेजेज ।

काठमाडौँ । भारतीय क्रिकेट खेलाडी रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । अफ स्पिनर अश्विनले तीन ओटै शैलीका क्रिकेट खेल्दै २८७ खेलबाट ७६५ विकेट लिएका थिए ।

अश्विन सबैभन्दा धेरै विकेट लिने दोस्रो भारतीय खेलाडी हुन् । अनिल कुम्बलेको नाममा ९५३ विकेट रहेको छ । 

३८ वर्षीय अश्विनले अष्ट्रेलिया भ्रमणका क्रममा गाबा टेष्ट सकिएपछि संन्यास लिएको घोषणा गरेका थिए । उनले कप्तान रोहित शर्मासँग पत्रकार सम्मेलनमा सहभागी भएर ‘आज (बुधबार) भारतीय टिमको क्रिकेटरका रुपमा मेरो अन्तिम दिन थियो । म क्लब क्रिकेट खेलिरहने छु’ भनेका छन् । 

रोहितले भने, ‘जब म पर्थमा आएँ तब अश्विनले मलाई संन्यासका बारेमा बताए । मैले उनलाई पिंक बल टेष्ट (डे–नाइट) सम्म टिममा रहनका लागि मनाएँ । यदि कुनै खेलाडीले फैसला लिन्छ भने उनको सम्मान गर्नुपर्छ । उनी भोलि भारत फर्कने छन् ।’

अश्विनको संन्यासलाई लिएर विराट कोहलीले ‘हर चिजका लागि धन्यवाद मित्र’ लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् भने प्रशिक्षक गौतम गम्भीरले ‘तपाईको याद आउने छ भाइ’ भनी सम्बोधन गरेका छन् । 

अश्विनले सन् २०१० मा श्रीलंकाविरुद्ध एक दिवसीयमा डेब्यु गरेका थिए । उनले टेष्टमा १०६ खेल खेल्दै ५३७ विकेट लिए । उनले ३७ पटक पाँच विकेट लिएका छन् भने ८ पटक एकै खेलमा १० विकेट लिएका छन् । अश्विनले ११६ एक दिवसीय खेल खेल्दै १५६ विकेट लिएका थिए । त्यस्तै ६५ टी–२० मा ७२ विकेट लिएका थिए । 

ब्याट्सम्यानका रुपमा अश्विनले टेष्टमा ३५०३ रन बनाएका थिए । उनले ६ ओटा टेष्ट शतक बनाएका थिए । एक दिवसीयमा ७०७ तथा टी–२० मा १८४ रन बनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ