काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन् । उनले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताए । उनले अहिले खुला अदालतको रूपमा सुनुवाइ भइरहेको बताए ।
उनले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको जिकिर गरे । उनले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताए । न्यायपालिकाप्रति संशय हुने गरी कहिले पनि काम नगर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘अहिलेको जुडिसियरी ट्रान्सपरेन्स छ । पारदर्शी छ यो । कसैले यो पारदर्शी छैन भन्ने कुरा भन्छ भने त्यसमा मेरो गम्भीर आपत्ति हुनेछ । हामीले जे काम गर्छौँ, खुला अदालतको रूपमा हामी सुनुवाइ गर्दछौँ । र एउटा प्रक्रियामा भएका जति पनि अवस्थाहरू छन् । त्यो सबै कानून व्यवसायीहरूको अगाडि, पक्ष, विपक्षको अगाडि र त्यसपछि सबै यस्तो स्थिति छ, त्यहाँ कसैले शङ्का र संशय गर्ने ठाउँ नै छैन । यो निरन्तर चलिरहन्छ । यो पारदर्शितामा यो अदालत अब्बल रूपमा आफूलाई यसले प्रस्तुत गर्नेछ । निष्पक्षता न्यायपालिकाको प्राण हो । त्यसको अधिकतम र प्रचुर प्रयोग हामीले कति गरेका छौँ ? मलाई विश्वास छ, न्यायपालिकामा त निष्पक्ष नभई चल्दै चल्दैन । न्यायपालिकाप्रति संशय हुने गरी हामी काम नै गर्दैनौँ ।’