काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेट प्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुत्याएको छ। यो माहौललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मन पर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ।
यससँगै ग्राहकहरूले एनपीएलका टिमहरूको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन्।
बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरूको थिम गीतलाई आफ्नो पीआरबीटीका रूपमा राखिसकेका छन् । धेरै ग्राहकहरू आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन्। ग्राहकहरूले *१२३*६# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहौललाई थप उत्साहजनक बनाउन सक्छन्।
एनसेलको पीआरबीटी एक विशेष सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरू बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन्।
‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसै गरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधि अनुसारमा टोन राख्न सकिन्छ । जस्तै कुनै ग्राहकले आफूले गाडी चलाइरहेको छ भने उसले फोन गर्नेहरूलाई आफूले गाडी चलाइरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफूलाई मन पर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रूपमा पनि राख्न सक्छन् ।
प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र रु ३१ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ।
यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औधी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरू गीतहरू पनि हरेक संगीतप्रेमीको इच्छा अनुसार छान्न सकिन्छ। एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको छ।