टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा खसेका रविना र सुस्मिताको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
974
Shares
तेह्रथुम । तेह्रथुममा टिकटक बनाउने क्रममा खाेलामा खसेर दुई जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा मेन्छ्यायेम गाउँपालिका वडा नं ५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई हुन् ।
उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए ।
सोक्रममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर उनीहरु खोलामा खसेका थिए । खोलाले उनीहरुलाई बगाएको थियो ।
अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् ।
शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने उनले बताइन् ।