‘हाम्रो कोटेश्वर राम्रो कोटेश्वर’ दुई दिने महोत्सव [फोटोफिचर]
बालेनले गराए तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
1.1k
Shares
काठमाडौँ । हाम्रो कोटेश्वर राम्रो कोटेश्वर भन्ने नाराका साथ प्रथम कोटेश्वर महोत्सव २०८१ शुक्रबारबाट सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै मेयर वालेन्द्र साह बालेनले दुई तिहाईको सरकार हुँदा पनि तीनकुनेको जग्गा मुआब्जा प्रक्रिया अगाडि नबढेको आरोप लगाए ।
उनले लामो समयदेखि रोकिएर रहेको उक्त जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
उक्त महोत्सव दुई दिनका लागिमात्र गरिएको हो । महोत्सव शनिबार सकिने छ । महोत्सवमा विभिन्न स्टलमा मौलिक खाना, महानगरपालिकाभित्र बनेका सामग्रीहरु हेर्न र किन्न राखिएको छ ।