arrow

दूबोमा एक नायक

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ पुष १३ शनिबार
beti-bajcharya-81-9-13.jpg

कोमल, नरम, स्निग्ध, पवित्र दूबोहरूलाई
अवलोकन मेरा नेत्रले गरिरहे 
एक नायक सुस्तरी सुस्तरी हरियाली दूबोमाथि 
आफ्ना पाउ बढाउँदै रहेको देखिरहेँ 
झिसमिसे बिहानीमै
उसको मस्तिस्कभित्र 
बेचैनी तरंगित भइरहेको अनुभव गरिरहेँ
ऊ छिटो छिटो पाइला
अगाडि बढाउँदै हिँड्दैछ 
मैले आफ्ना नयनसँग सोधिरहेँ 
किन होला मेरो नयन ऊतिर नै हेरिरहेको ?
सरगमले भन्यो मलाई
उसको लागि तिमीले 
गीत गुनगुनाइदेऊ न त 
स्वीकारेँ मैले पनि 
त्यो गीतका शब्द शब्दले 
ऊप्रति कृतज्ञताका फूल छरिरह्यो
ऊ मौन थियो 
प्रकृतिको मनोरम पनि मौन नै थियो 
अलौकिक वातावरणको बीचमा
‘गीत’ स्वयं एउटा दीव्य आकृतिमा प्रकट भइन् 
मलाई ‘आशीर्वाद’ दिँदै थिइन्  
म उनलाई बन्दना गर्दै 
गीत गाइरहेँ 
गाइरहेँ 
गीत गाइरहेँ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ