arrow

गैँडाको आक्रमणबाट ३२ वर्षीया मेन्दोमायाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
One-horn-rhino.jpg

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका-१३ की ३२ वर्षीया मेन्दोमाया भण्डारी रहेकी छन् ।

भण्डारीलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा गैँडाले आक्रमण गरेको हो ।

ञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आइतबार बिहान ११ बजे घाँस काट्न गएकी भण्डारीको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो ।

भण्डारीको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ