arrow

बाघले खायो घाँस काट्न गएकी वृद्धालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
tiger-suklafata-rss.jpg
तस्बिर – फाइल ।

चितवन । मकवानपुरमा बाघको आक्रामणवाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ ५ बजेको समयमा घर नजिकैको खोल्सामा बाघले आक्रमणमा परी उनको मृत्यु भएको हो ।

मृतक रुम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ