-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पत्रकार तथा लेखक राजेश खनालको तेस्रो पुस्तक प्रकाशित भएको छ । उनले लेखेको तेस्रो पुस्तक ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको हो ।
चौध चिकित्सकहरूको व्यक्तिवृत्त यो पुस्तकमा समेटिएको छ ।
नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारले खनालको पुस्तक प्रकाशन गरेको हो । प्रकाशित यस पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ ।
खनालका यसअघि पाइला आफ्नै आफ्नै र घुरको घुवाँ प्रकाशित छन् ।
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त खनाल करिब चार दशकदेखि सञ्चार कर्ममा छन् । हाल उनी बाह्रखरी डट कममा आबद्ध छन् ।