arrow

अमेरिकालाई हैरान पार्दै चिनियाँ ह्याकर, कागजात चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
hacker-24.jpg
तस्बिर – फाइल ।

वासिङ्टन डीसी । चिनियाँ ह्याकरहरूले अमेरिकी कोष विभाग ह्याक गरेको घटना बाहिरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार चीनको राज्य प्रायोजित ह्याकरले कोष विभागको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणालीमा प्रवेश गरी धेरै कर्मचारी वर्क स्टेशनहरू र केही अवर्गीकृत कागजातहरू प्राप्त गरेका छन् ।

यो चोरी डिसेम्बरको शुरुमा भएको थियो । जसको बारेमा अहिले कोष विभागले जानकारी दिएको हो । विभागले सांसदहरुलाई पत्र लेखेर जानकारी गराएको छ ।

यस ह्याकरलाई  ‘ठूलो घटना’ भन्दै विभागले एफबीआई र अन्य एजेन्सीहरूले यसको परिणाम के हुन सक्छ भनेर संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

अमेरिकालाई चिनियाँ ह्याकरले यसअघिदेखि हैरान पार्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ