arrow

लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक गौतमलाई 'पिस एम्ब्यासडर' सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
basu-gautam-lumbini-peace.jpg

सार्नो । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाले "पिस एम्ब्यासडर" को उपाधिले सम्मानित गरेको छ ।  

जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा गौतमको योगदानलाई कदर गर्दै इटालीको  "एस् मु डो शान्ति र न्याय" नामक संस्था तथा सार्नो नगरपालिकाद्वारा आयोजित विशेष  कार्यक्रमकाबीच गत शुक्रबार गौतमलाई सो सम्मान प्रदान गरिएको हो। 

गौतमलाई  सार्नोका मेयर डॉ. फ्रान्सेस्को स्क्विलान्ते, संस्कृति परिषद सदस्य प्रोफेसर अन्ना मारिया डेला पोर्टा र  "एस् मु डो शान्ति र न्याय"की अध्यक्ष  डॉ. ग्लाडिस माबेल क्यान्टेल्मीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए । 

गौतमले विगत एक दशकदेखि लुम्बिनी वर्ल्ड पिस फोरम मार्फत नेपाल, कम्बोडिया, जापान, म्यानमार, सिङ्गापुर, फ्रान्स, भारत , इजिप्टलगायत  विश्वका  २०  मुलुकहरुमा "दिगो शान्तिका लागि सांस्कृतिक समझदारी" कार्यक्रमहरु सञ्चालन गरेका छन् । 

त्यसैगरी फोरममार्फत उनले श्रीलंका र बंगलादेशलगायत दक्षिण एसियाली देशहरुमा  जलवायु न्यायको मुद्दालाई अघि सार्दै अभियान सञ्चालन गर्दै आएका छन् । 

नेपालमा भने गौतमले विगत पाँच वर्ष देशव्यापी रुपमा "दश लाख   वृक्षारोपण तथा संरक्षण अभियान" मार्फत जलवायु सचेतना अभियान  सञ्चालन गर्दै आएका छन् । 

कार्यक्रमका क्रममा गौतमले मेयरसहितका स्थानीय अधिकारीहरूसँग महत्त्वपूर्ण छलफल गरे। उनीहरूको साझा दृष्टिकोणले अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्दै विश्वका चुनौतीहरूको समाधानमा जोड दिएको थियो।

सम्मान ग्रहण गर्दै  गौतमले यो सम्मानले  दिगो शान्ति र जल वायु संकटको सामनामा आफ्नो संलग्नता अझै  प्रगाढ बनाउँदै जान थप हौसला मिलेको बताए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ