एक सय चार वर्षे सबैभन्दा वृद्धा ओलम्पिक विजेताको निधन
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
9.3k
Shares
काठमाडौँ । विश्वकै सबैभन्दा वृद्धा ओलम्पियनको निधन भएको छ । ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको १०४ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेस्ट सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बिहीबार निधन भएको परिवारले जनाएको छ ।
पाँच पटककी ओलम्पिक च्याम्पियन हंगेरियन जिम्यास्टिक खेलाडी केलेटीले सन् १९५२ मा पहिलो ओलम्पिक स्वर्ण पदक जितेकी थिइन् ।
त्यसको चार वर्षपछि उनले चार स्वर्ण पदक आफ्नो पोल्टामा पारेकी थिइन् ।
यसैगरी उनले ओलम्पिकमा थप तीन रजत र दुई कांस्य पदक पनि जितेकी थिइन् । केलेटीले विश्व च्याम्पियनशिपमा समान एक स्वर्ण, रजत र कांस्य पदक जितेर रेकर्ड बनाएकी थिइन्।
केलेटीको जन्म सन् १९२१ मा हंगेरीको बुढापेस्टमा भएको थियो ।