आर्तनाद ! आर्तनाद ! आर्तनाद !
किन सन्नाटा फेरि फर्किदियो मेरो मातृभूमितिर
असंगतिका पर्खालहरु चुलिँदैछन्
विसंगतिहरु अट्टहास गर्दैछन्
त्राहिमाम त्राहिमाम चारैतिर
चिच्याइरहेछन् पीडितहरु हेर
रोइरहेछन् भोका ती सबै
सूर्यदेव छन् कतै बादलभित्रै
चन्द्रदेवको प्रतिक्षामा देखिन्छन् सबै
भयो किन बादल झन् झन् कालो
धुम्म छ देखिँदैन सहर
जनजन देखिन्छ स्तव्ध
भैरहेछ किंकर्तव्यविमूढ
खोजिरहेछ उनका पालक
भन्दैछ खै कहाँ होलान् उनका रक्षक
लस्कर लस्कर जनजन जाँदैछ
खोज्न उनका शुभचिन्तक ।