आज नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
782
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कोषले गत वर्षको नाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्दैछ ।
वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पुस २१ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कोषले ३० औं वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ । सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ ।