arrow

माओवादी केन्द्र केन्द्रीय कमिटी बैठक

पूर्व उपराष्ट्रपति फर्के सक्रिय राजनीतिमा, प्रचण्डपछिको वरीयता [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
maoist-central-pasang-81-9-.jpg

काठमाडौँ । सामान्यतया राष्ट्रपति र उपराष्ट्रपतिको पदलाई सम्मानित पद मानिन्छ । यो पदमा विराजमान भएपछि राजनीतिमा फेरि नफर्कनु राम्रो मानिन्छ । तर पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका हकमा यो लागू भएन । 

उनी अझ सक्रिय भएर राजनीतिमा होमिएका छन् । उनी आइतबारबाट औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । पुन आइतबारदेखि शुरू भएको माओवादी केन्ख्रको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा पार्टी अध्यक्ष पुष्पमल दाहाल प्रचण्डसँगै बसेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो हुन् । राष्ट्रपति भइसकेकी एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले पनि पार्टी राजनीतिमा फर्किन खुट्टा उचालिरहेका बेलामा पुनले भने कुर्सी पाइहाले । 

प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर पुन र बायाँतिर नारायणकाजी श्रेष्ठ रहने गरी आसन व्यवस्थापन गरिएको छ । 

राजनीतिमा रहिएन भने कुनै पनि बेला आफूमाथि संकट आउन सक्ने बुझेका पुन पुनः शक्तिकेन्द्रमै रहने लक्ष्य लिएको बुझिन्छ । 

राजधानीको धुम्वाराहीस्थित स्मार्ट दरबार बैङ्क्वेटमा जारी बैठकमा प्रचण्डले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प – आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् । 

दुई ठूला दलहरु एमाले र माओवादीले एकैपटक केन्द्रीय कमिटी बैठक डाकेका हुन् । 

maoist-central-81-9-21y (1).jpeg
maoist-central-81-9-21y (1).jpg
maoist-central-81-9-21y (2).jpeg
maoist-central-81-9-21y (2).jpg
maoist-central-81-9-21y (3).jpeg
maoist-central-81-9-21y (3).jpg
maoist-central-81-9-21y (4).jpeg
maoist-central-81-9-21y (4).jpg
maoist-central-81-9-21y (5).jpeg
maoist-central-81-9-21y (5).jpg
maoist-central-81-9-21y (6).jpeg
maoist-central-81-9-21y (6).jpg
maoist-central-81-9-21y (7).jpeg
maoist-central-81-9-21y (7).jpg
maoist-central-81-9-21y (8).jpeg
maoist-central-81-9-21y (8).jpg
maoist-central-81-9-21y (9).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ