औषधिमा नागरिकको खर्च कम हुने स्थिति निर्माण गर्न जरुरी - मन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २२ सोमबार
387
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोसिस गरिरहेको बताए ।
उनले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०-८१ करोडको बजेट छुट्याइएको तर इआईए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भए पनि अब छिटै काम अघि बढ्ने बताए । उनले बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्ने गरी सरकारले काम गरिरहेको बताए ।
उनले भने, ‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ । अघिल्लो वर्ष झन्डै ८०-८१ करोडको बजेट यहाँ परेको छ । अब इआईए हुन नसकेर त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन । त्यो काम हामीले छिटो अघि बढाउनेछौँ । सातै प्रदेशमा बाल उपचारलाई बिस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने इन्स्ट्युसनका रूपमा यसलाई विकास गर्नुपर्छ । बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ । रिसर्चको कुरामा पनि श्रोतको कुरा हो, रिसर्चको पार्टमा पनि के काम गर्न सकिन्छ, त्यसमा पनि काम गरौँ । यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ ।’
मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए ।