arrow

काठमाडौँमा ठूलै भूकम्पको धक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
earthquake-final-------.jpg

काठमाडौँ । काठमाडौँमा ठूलै भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्द्रु अझै थाहा भएको छैन । 

बिहान ६ बजेर ५० मिनेटमा उक्त भूकम्पको धक्का गएको हो । लामो समयसम्म हल्लाएको थियो । कतिपय वृद्धवृद्धाले रिंगटा नै लागेकोसमेत बताएका छन् । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ मौसमविद् डा मुकुन्द भट्टराईका अनुसार तिब्बत केन्द्रविन्दू भएको हुनसक्ने देखिएको छ । 

भूकम्प ६.७ रेक्टर स्केलकोसमेत मापन गरिएको छ । 

भूकम्पले काठमाडौँ वरिपरिका मात्र नभइ तराईका जिल्लाहरुमासमेत धक्का महसुस गरिएको छ । 

पछिल्लो समय देशका विभिन्न भागमा केन्द्रविन्दू रहेर भूकम्प गएको भए पनि यो भूकम्प बढी रेक्टर स्केलको भएकाले क्षति पनि बढी नै हुन सक्ने अनुमान गरिएको छ । 

केन्द्रले अझै यकिन तथ्याङ्क निकालिसकेको छैन । वरिष्ठ मौसमविद् डा लोकविजय अधिकारीले संखुवासभा भन्दा माथि तिब्बतमा केन्द्रविन्दू भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको बताएका छन् । 

यद्यपि उनलेसमेत अझै यकिन विवरण बटुलिरहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ