कल्पनाको नेतृत्वमा नेपाल क्लाइम्बिङ स्पोर्टको बागमती प्रदेश कमिटी
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
8.9k
Shares
काठमाडौँ । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छिन् । ललितपुरमामा शनिबार भएको निर्वाचनबाट महर्जनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
बागमती प्रदेश कमिटीको उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन् भने सचिवमा नवीना गुरुङ विजयी भएकी छिन् । कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्रकृष्ण चक्रधर, मनीष महर्जन र अनुप सुवेदी निर्वाचित भएका छन् ।
त्यस्तै काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपत्यका कमिटीको उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा, सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजयप्रसाद बस्याल, जित बुधबार तथा गंगा थापा मगर निर्वाचित भएका छन् ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आईटीएफ तेक्वान्डो महासंघकी सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएनसका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल, कोषाध्यक्ष प्रनिलमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।